scheduleबिहिवार आश्विन २ गते, २०७६

उत्तर कोरियाद्वारा नयाँ हतियार प्रदर्शन, ‘सुपर लार्ज मल्टिपल रकेट लन्चर’को सफल परीक्षण

एजेन्सी, ८ भदौ । आइतबार उत्तर कोरियाले ‘सुपर लार्ज मल्टिपल रकेट लन्चर’को सफल परीक्षण गरेको छ ।

आइतबार उत्तर कोरियाले नेता किम जोङ उनको उपस्थितिमा सुपर लार्ज मल्टिपल रकेट लन्चरको परीक्षण गरेको समाचारमा बताइएको छ । कोरियाली सेन्ट्रल न्युज एजेन्सीले उत्तर कोरियाली अधिकारीलाई उदृत गर्दै रकेट लन्चर सफलताका साथ परीक्षण गरिएको बताएको हो ।

उत्तर कोरियाले शनिबार मात्रै २ वटा मिसाइल सफलतापूर्वक परीक्षण गरेको थियो । शनिबार उत्तर कोरियाले परीक्षण गरेका क्षेप्यास्त्र  पूर्वी सागरमा खसेका थिए । दुबै क्षेप्यास्त्र मध्यम दूरीका ब्यालिस्टिक मिसाइल रहेको समाचारमा जनाइएको छ ।

यसअघि दक्षिण कोरिया र अमेरिकाले ५ देखि २० अगस्टसम्म युद्ध अभ्यास गरेका थिए । उत्तर कोरियाले समेत उक्त युद्ध अभ्यास भएको स्थानमा नै क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासबाट रुष्ट भएको उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage