scheduleबिहिवार आश्विन २ गते, २०७६

रविसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा चलाउन प्रहरीको सुझाव

काठमाडौं, ८ भदौ । आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका टिभी प्रस्तोता रवि लामछिानेसहित ३ जनाविरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार १२ बजे सरकारी वकिलको कार्यालयमा मिसिल पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेपछि तीनै जनालाई मुलुकी अपराध संहिताको दफा १८५ अनुसार आत्महत्यालाई दुरुत्साहन गरेको अभियोगमा मुद्दा चलाउन राय दिएको छ।

साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका पुडासैनीको मृत्युअघि रेकर्ड भएको भिडियोमा उनले आफूलाई न्युज २४ टेलिभिजनको सीधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछाने, उक्त कार्यक्रमका उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । तीनै जनालाई १० दिनसम्म थुनामा राखेर अनुसन्धान गरेपछि प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन राय दिएको हो ।

लामिछानेविरुद्ध अभियोग पत्र दायर भएसँगै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ । बहस आजै सुरु हुने बताइएको छ ।

पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेललाई पानीपोखरीस्थित न्युज २४ कार्यायलबाट प्रहरीले पक्राउ गरेको थियो । भने, रुकु भनिने अस्मिता कार्कीलाई सोही दिन कलंकीबाट पक्राउ गरेको थियो ।

पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage