scheduleशनिवार आश्विन ४ गते, २०७६

हेजबुल्लाहले २ वटा इजरायली ड्रोन खसाल्यो

एजेन्सी, ८ भदौ । लेबनानको राजनीतिक दल हेजबुल्लाहले २ वटा इजरायली ड्रोन खसालेको दाबी गरेको छ ।

हेजबोल्लाहले आइतबार एक विज्ञप्ति जारी गर्दै २ वटा इजरायली ड्रोन खसालेको दाबी गरेको हो । लेबनानको दाहियाह क्षेत्रमा उडिरहेका २ वटा ड्रोनलाई खसालेको उल्लेख गरिएको छ ।

उक्त क्षेत्रमा उडेका २ इजरायली ड्रोनमध्ये एउटा ड्रोन दाहियाहमा खसेको र अर्को ड्रोन जमिनमा आएर विस्फोट भएको विज्ञप्तिमा भनिएको छ । तर यसबार इजरायली सेनाले कुनै प्रतिक्रिया दिएको छैन ।

इजरायलले शनिबार मात्रै सिरियास्थित इरानी सैन्य अखडामाथि हमला गरेको बताएको थियो । इरानले उत्तरी इजरायलमाथि हमला गर्ने योजना थाहा पाएपछि उक्त हमला गरिएको त्यहाँको सेनाले जनाएको छ ।

तर इरानले भने इजरायली भनाइको खण्डन गरेको छ । सिरियामा रहेका कुनै पनि सैन्य अखडामाथि हमला नभएको इरानी सेनाले बताएको हो । इजरालयका प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुले घरेलु राजनीतिलाई आफ्नो पक्षमा पार्न जनतालाई झूटो बोलेको इरानी अधिकारीको भनाइ छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage