scheduleबिहिवार आश्विन २ गते, २०७६

‘पारसलाई किन कारवाही नगरेको ?’ भन्दै नेकपा सांसद जंगिए

काठमाडौं, ८ भदौ । आइतबारको राष्ट्रिय सभाको बैठकमा सांसदले प्रहरीमाथि दुर्व्यवहार गर्ने पूर्व युवराज पारस शाहमाथि कारवाही नगरेकोमा आपत्ति जनाएका छन् ।

आजको बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सांसद बलराम बास्कोटाले अन्तर्राष्ट्रिय विमास्थालामा प्रहरी माथि गरेको दुर्व्यवहारमा पारस शाहलाई किन कारबाही नगरेको भन्दै प्रश्न गरेका थिए।

यस्तै सांसद बास्कोटाले देशमा अवान्छित गतिविधिहरु बढ्ने, विभिन्न बहानामा कानून हातमा लिने र ‘सरकार र संविधानको बर्खिलाप हुनेगरी गतिबिधि बढ्दा सरकार के गरेर बसेको छ’ भनेर समेत प्रश्न गरे ।

सांसद बाँस्कोटाले देशमा अवान्छित गतिविधिहरु बढेको भन्दै आपत्ति समेत जनाए। ‘विभिन्न बहानामा कानून हातमा लिने र सरकार तथा संविधानको बर्खिलाप हुनेगरी गतिबिधि बढ्दा सरकार के गरेर बसेको छ’, बाँस्कोटाले भने ।

यता नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेला नेकपाभित्रका २ शिर्ष नेताहरु बीच भएको विवादले सबै राजनैतिक दलका कार्यकर्ताको शीर निहुरिएको बताए।

यस किसिमको ब्यबहार र सम्बादको शैलीले राजनैतिक संस्कृति नै बदनाम हुने भन्दै रायमाझीले चिन्ता ब्यक्त गरे। दल भित्रको किचलोले सम्बृद्धितर्फ बढ्न बाधा पुग्ने समेत उनको भनाइ थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage