scheduleशनिवार आश्विन ४ गते, २०७६

धुसेनीका १० घर पहिरोको उच्च जोखिममा

फाइल फोटो

रसुवा, ८ भदौ । जिल्ला विपद व्यवस्थापन समितिका अनुसार कालिका गाउँपालिका वडा नम्बर-४, धुसेनीका १० घर पहिरोको उच्च जोखिममा परेका छन् ।

शुक्रबार राति परेको अविरल वर्षाका कारण गाउँमाथिबाट पहिरो आएपछि १० घर पहिरोको जोखिममा परेको समितिले जनाएको हो । समितिका अनुसार गीतावल्लभ देवकोटा, कुलप्रसाद देवकोटा, लक्ष्मीनारायण देवकोटा, दयानिधि देवकोटा, निर्मला तामाङ, रामचन्द्र देवकोटा, दीपक देवकोटा, घननाथ देवकोटा र तोयानाथ देवकोटाको घर उच्च जोखिममा परेका छन् ।

गाउँपालिका उपाध्यक्षक भवानी प्रसाद न्यौपानेले पहिरो रोकथामको लागि कालिका गाउँपालिका र जापानी सहयोग संस्था (जाइका) ले त्रिपाल र प्लास्टिक उपलब्ध गराएको बताए । स्थायीरूपमा पहिरो नियन्त्रण गर्नका लागि वर्षाको समयमा सम्भव नभएको कारण अस्थायीरूपमा रोकथाम गर्न लागिएको न्यौपानेको भनाइ छ ।

यता सोही गाउँपालिका वडा नम्बर-३ का तीन घर पनि पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष न्यौपानले जानकारी दिए । वडा नम्बर-३ मा केशवप्रसाद न्यौपाने, सोमप्रसाद न्यौपाने र रामचन्द्र न्यौपानेको घर जोखिममा परेका हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage