scheduleबिहिवार आश्विन २ गते, २०७६

समाजवादी विद्यार्थी युनियनमा श्रेष्ठ, यस्तो छ १५ सदस्यीय पदाधिकारी


काठमाडौं, ८ भदौ । समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रुपनारायण श्रेष्ठ चयन भएका छन् । तत्कालीन नयाँ शक्ति विद्यार्थी युनियनका उपाध्यक्ष रहेका श्रेष्ठ तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी फोरम एकता भएपछि बनेको समाजवादी पार्टी, नेपाल निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा चयन भएका हुन् ।

आइतबार ललितपुरमा आयोजित दुई विद्यार्थी संगठन समायोजन कार्यक्रमबाट २९ सदस्यीय पदाधिकारी समेत घोषणा भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा रमेश यादव चयन भएका छन् भने अन्य उपाध्यक्षहरुमा नेत्र चापागाईं, सुवास लाबुङ, राजेन्द्र ओली ‘विवेक’, रीता यादव, ईश्वर अधिकारी, विशाल आङ्दम्बे, टंक धमला, सञ्जय राई र दिपेश यादव रहेका छन् ।

त्यस्तै, महासचिवमा वरुण यादव र उपमहासचिवमा नेम्बर राई, सुष्मा देवकोटा, प्रकाश चाम्लिङ, बलबहादुर रम्तेल, रजनी श्रेष्ठ र दिनेश दंगाल रहेका छन् ।

नवनिर्वाचित सचिवहरुमा अमोद यादव, भरत लिसानी, रामचन्द्र राई, रामब. भण्डारी, सुजिब गिरी, रेशम सापकोटा, सुवास राई, रमानन्द शाह, मनिष यादव र हेमराज थापा रहेका छन् । कोषाध्यक्षमा ओमनारायण यादव चयन भएका छन् ।

समायोजन कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका पदाधिकारी उपस्थित भएर शुभकामना दिएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage