scheduleशनिवार आश्विन ४ गते, २०७६

गोकर्णको गुनासोः उद्योगी नेताको असहयोगले सामाजिक सुरक्षा कार्यान्वयनमा समस्या


काठमाडौं, ८ भदौ । उद्योगी नेताहरूको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको छ । आइतबार ललितपुरमा भएको एउटा कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेताहरुका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सूचीकरणमा आवद्ध नभएको जानकारी दिए ।

रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी बाहनामात्रै भएको भन्दै उनले नेताहरुद्वारा सञ्चालित प्रतिष्ठानको सूचिकरण नहुनुले कानुन कार्यान्वयनमा समस्या भएको दावी गरे । लिखित प्रतिबद्धता जनाएर पनि सामाजिक सुरक्षा योजना कार्यान्वयनमा नगएका नेताहरूका प्रतिवद्धता नै सार्वजनिक गर्ने तयारी भइरहेको मन्त्री बिष्टको भनाइ छ ।

मन्त्री बिष्टले सरकारले औद्योगिक क्षेत्रहरूमा कर्मचारी नै परिचालन गरी सबैको सामाजिक सुरक्षा योजनामा सूचीकरण गर्ने तयारी भइरहेको बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage