scheduleबिहिवार आश्विन २ गते, २०७६

युग सुहाउँदो विचार, नीति र कार्यक्रम भएनः डा. भट्टराई


बर्दिया, ८ भदौ । पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले युग सुहाउँदो विचार, नीति र कार्यक्रम विकास गर्न नसक्नु नै अहिलेको मुख्य जड रहेको बताएका छन् ।

बर्दिया बाँसगढीका स्थानीय अगुवासँग अन्तरक्रिया गर्दै उनले यस्तो बताएका हुन् । उनले अन्तरक्रिया कार्यक्रममा बोल्दै सबैको लक्ष्य विकास र समृद्धि भएकाले नयाँ विचार बोकेका अगुवाहरु एकै ठाँउमा उभिएर राष्ट्रिय हितमा बहस र छलफल गर्नुपर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।

भट्टराईले समाजवादी पार्टी, पार्टी मात्रै नभएर नयाँ युग र नयाँ विचार सहितको अभियान भएको उल्लेख गरे । देशको गरिबी र बेरोजगारी समस्यालाई अन्त्य गरी आर्थिक विकास र समृद्धि ल्याउने अबको मुख्य कार्यभार भएको उनको भनाई छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage