scheduleबिहिवार आश्विन २ गते, २०७६

प्रचण्डले अध्यक्षता गर्ने नेकपा सचिवालय बैठक धुम्बाराहीमा

फाइल फोटो

काठमाडौं, ८ भदौ । अन्ततः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक बालुवाटारबाट धुम्बाराहीमा सरेको छ । बैठकको अध्यक्षता गर्ने अधिकार पाएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठक धुम्बाराहीमा बोलाएका हुन् ।

यसअघि सार्वजनिकरुपमा आलोचना भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बोलाउँदै आएका थिए ।

हाल प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुरमा छन् । उनी सिंगापुर जानु अघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए ।

प्रचण्डले सोमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएका छन् । बैठकमा महानगर अध्यक्ष तथा सचिवका साथै प्रवास कमिटीबारे छलफल र निर्णय हुने बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage