scheduleबिहिवार आश्विन २ गते, २०७६

गणतन्त्र खतरामा परेको भन्ने हल्ला निराधारः मन्त्री बाँस्कोटा


रुपन्देही, ८ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गणतन्त्र खतरामा परेको भन्ने हल्ला निराधार भएको बताएका छन् ।
केही तत्वले गणतन्त्रमाथि प्रहार गर्न खोजेको तर खतरामा पर्ने स्थिति भने नभएको मन्त्री बाँस्कोटाले बताएका हुन् ।

प्रेस संगठन नेपाल रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यो लादिएको गणतन्त्र होइन, जनताले ल्याएको गणतन्त्र हो, त्यसैले खतरामुक्त छ ।’

मन्त्री बाँस्कोटाले केही शक्तिले घमिलो पानीमा माछा मार्ने प्रयास गरेको भए पनि त्यो सफल नहुने जिकिर गरे । उनले सानातिना विषयमा भीड तयार गरेर कानुन हातमा लिने प्रयास सफल हुन नसक्ने बताए । ‘सडकबाट कानुनलाई हातमा लिन चाहने कसैको पनि धृष्टता पूरा हुनेछैन,’ उनले भने ।

मन्त्री बाँस्कोटाले सञ्चारमाध्यमहरू समाज र जनताप्रति उत्तरदायी हुनपर्ने बताए । सामाजिक संजाल बैधानिक सञ्चारमाध्यम नभएकाले समाजिक संजालको हल्ला र लहडमा लागेर धारणा बनाउन नहुने बताए ।

‘सोसिल मिडियाले मेनस्ट्रिम मिडियालाई गाइड गर्न सक्दैन, यसर्थ सोसियल मिडिया हेरेर धारणा बनाउनु गलत हो,’ उनले भने ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage