scheduleबिहिवारबैशाख ९ गते, २०७८

नेकपा सचिवालयको बैठक पहिलो पटक पार्टी कार्यालयमा बस्दै

काठमाडौं, ९ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दै छ । पार्टी एकीकरण भएको १५ महिना पछि नेकपा सचिवालयको बैठक पहिलो पटक धुम्बाराहीमा बस्दै छ ।

नेकपामा यसअघिका सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्दै आएको थियो । तर, आजको बैठक पार्टी कार्यालयमा पहिलो पटक बस्न लागेको हो ।

आज सोमबार बस्न लागेको बैठकको अध्यक्षता पुष्प कमल दाहालले गर्दैछन् । तत्कालीन एमाले र माओवादीबीच २०७५ जेठ ३ गते पार्टी एकता हुँदा दुवै अध्यक्षले पालैपालो बैठकको अध्यक्षता गर्ने सहमति भएपनि दाहालले अहिलेसम्म बैठकको अध्यक्षता गर्ने अवसर पाएका थिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएपछि दाहालले यस्तो अवसर प्राप्त गरेका हुन् । नेकपाका अनुसार ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्दैछ ।

बैठकले महानगर कमिटीका पदाधिकारी, प्रवास र केही आयोगका प्रमुख उपप्रमुख टुङ्गाउने भएको छ । यस्तै प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओली सिंगापुरमा उपचार गराईरहेका छन् । सचिवालय बैठक बस्नु अघि कार्यकारी अधिकार पाएका प्रचण्डले अन्य तहका नेताहरुसँग पनि भेटघाट र छलफल गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay