scheduleआइतवार भाद्र २९ गते, २०७६

४५ लाख ठगी गर्ने नेकपा अध्यक्षको पद खोसियो

काठमाडौं, ९ भदौ । सत्तारुढ नेकपाका १ अध्यक्ष पदमुक्त भएका छन् । ठगीको आरोप लागेका वाणगंगा नगरपालिका, कपिलवस्तुका नेकपा अध्यक्ष विश्व कार्कीलाई जिम्मेवारीबाट हटाइएको हो ।

सरकारी जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गरेको उजुरी तथ्यपूर्ण रहेको भेटिएपछि नेकपा कपिलवस्तुले कारवाही स्वरुप वाणगंगाको अध्यक्षबाट कार्कीलाई हटाएको छ । कार्कीले सरकारी जागिर लगाइदिन्छु भन्दै युवालाई ठगी गरेको पुष्टि भएकाले उनीमाथि कारवाही गरिएको हो ।

कार्कीलाई कारबाही गर्दै नेकपा कपिलवस्तुले वाणगंगा नगरपालिकाको अध्यक्षको जिम्मेवारी शंकर पाण्डेलाई दिएको छ । उनी नेकपा कपिलवस्तुका जिल्ला सचिवालय सदस्य हुन् ।

कार्कीले सरकारी जागिर लगाइदिने भनेर ४५ लाख ठगी गरेको भन्दै गत ३२ साउनमा गुल्मी र बागलुङका १२ युवाले उनीविरुद्ध उजुरी दिएका थिए । कार्कीले शिक्षकका लागि चार लाख ५० हजार, स्वास्थ्य सेवाका लागि तीन लाख र प्रहरीका लागि दुई लाख ६० हजार रुपैयाँका दरले १२ जनाबाट ४५ लाख ३० हजार रुपैयाँ असुलेका थिए ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage