scheduleबिहिवारबैशाख ९ गते, २०७८

नेकपाद्वारा ४ जनालाई केन्द्रीय सदस्यमा मनोनित, केही जिल्ला इन्चार्ज हेरफेर

काठमाडौं, ९ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय समितिमा ४ जनालाई मनोनित गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सोमबार बसेको सचिवालय बैठकले ४ जना लाई केन्द्रीय समितिमा नियुक्त गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मनोनित हुनेमा पदम राई, किरण राई, कल्पना धमला र देवेन्द्र पराजुली रहेका छन् । उनीहरू तत्कालीन नयाँ शक्ति नेपाल र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट पार्टी प्रवेश गरेका थिए ।

त्यस्तै सोमबार बसेको सचिवालय बैठकले केही जनवर्गीय संगठनको इन्चार्ज/सहइन्चार्जमा समेत हेरफेर गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार राष्ट्रिय सुरक्षा विभागको इन्चार्जमा भानुभक्त ढकाल र सहइन्चार्जमा रामकुमार राई नियुक्त भएका छन् ।

कास्कीको सहइन्चार्जमा चुडामणि जंगली विश्वकर्मालाई नियुक्त गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यता कर्णाली प्रदेशको इन्चार्जमा सत्या पहाडी तथा सूदूरपश्चिम इचार्जमा वीरमान चौधरी नियुक्त भएका छन् । अखिल नेपाल महिला संघको सहइन्चार्जमा अमृता थापा र सीता पौडेल तथा दलित संघको सहइन्चार्जमा तिलक परियार थपिएका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay