scheduleआइतवार भाद्र २९ गते, २०७६

‘विवाह गर्छु भन्दै’ २ दिनसम्म बलात्कार

रुकुम, ९ भदौ । प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा १ युवकलाई पक्राउ गरेको छ ।

चौरजहारी नगरपालिका ५ खहरेका २५ वर्षीय तेज बुढालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले विवाह गर्छु भन्दै १ किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।

बुढाले रोल्पाकी १९ वर्षीया एक किशोरीलाई विवाह गर्छु भन्दै मुसीकोटमा रहेको आफ्नै कोठामा लगेर बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुढाले फेसबुकमार्फत परिचित भएकी ती किशोरीलाई विवाह गर्छु भन्दै कोठामा लगेको थिए । सोही रातदेखि उनले २ दिनसम्म बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

बलात्कारपछि बुढाको कोठाबाट भदौ ७ गते भागेकी ती किशोरीले ८ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीका आधारमा प्रहरीले सोमबार बिहान मुसीकोट नगरपालिका-५ शेरिगाउँबाट बुढालाई पक्राउ गरेको हो ।

बुढाविरुद्ध जवरजस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage