scheduleबुधवार कार्तिक २७ गते, २०७६

आँखा पट्टी बाँधेर सेक्स, अभ्यास गर्नुभएको छ ?


सेक्सको क्रममा नयाँ तरिकाको अभ्यासले यौनिक जीवनमा नयाँपन आउँछ र आनन्द बढ्छ । वैवाहिक जीवनमा रहेका र लामो समय सम्बन्धमा रहेका जोडीहरु प्रायजसो सेक्सको क्रममा निकटताको खोजी गरिरहेका हुन्छन् । यदि तपाईं पनि यस्तै कुनै नयाँ शैली र तरिकाको खोजीमा हुनुहुन्छ भने ब्लाइण्डफोल्ड सेक्स अर्थात् आँखामा पट्टी बाँधेर यौन सम्पर्क गर्नुहोस्, जसले तपाईंको जीवनमा एक नयाँ अनुभूति थपिनेछ ।

ब्लाइण्डफोल्डका कारण आँखा बन्द हुन्छ र आँखा बन्द हुँदा मानिसको अन्य ज्ञानेन्द्रीयहरु सक्रिय रहन्छन् र ‘सेन्स’ बढ्छ । यस्तो बेला सामान्य स्पर्शदेखि हरेक गतिविधिले तपाईंलाई उत्तेजित बनाउँछ ।

यस्तो अभ्यासमा हरेक स्टेपहरु चकित बनाउने हुन्छन् । यसले मष्तिष्कलाई उत्तेजित बनाउँछ र यसको असर शरीरमा पनि पर्छ ।

सेक्सको बेला महिलाको शरीरमा उत्तेजना नआउनुको कारण हो उनीहरु अन्य कुराहरु धेरै सोचिरहन्छन् । जब उनीहरुको ध्यान सेक्समै केन्द्रित हुन्छ, तब उनीहरु उत्तेजित हुनथाल्छन् । आँखामा पट्टी बाँधेर यौनकार्य गर्दा मनमा केवल सेक्स पार्टनर र उसको आगामी गतिविधिबारे मात्र ध्यान केन्द्रित हुन्छ ।

जब आँखा देखिँदैन, तब नयाँ पोजिसनहरुमा अभ्यास गर्न सहज हुनेछ । आँखा देख्दा अनुभवजन्य ज्ञानको बोझले थिच्न सक्छ । आँखा नहेरी अभ्यास गर्दा अनुभव होइन, आवश्यकता प्रधान हुनेछ । जसले नयाँ आनन्दको लागि द्वार खोल्नेछ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage