scheduleसोमवार जेष्ठ १२ गते, २०७७

वरिष्ठ तबलाबाधक श्रेष्ठको निधन

काठमाडौं, १० भदौ । वरिष्ठ तबलाबाधक रविनलाल श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको मंगलबार बिहान ११ बजे निधन भएको हो । उनलाई ९ दिनअघि भ्याली न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो । काठमाण्डौ पकनाजोलका श्रेष्ठ ३ वर्षदेखि ब्रेन ट्युमरको समस्याबाट ग्रसित थिए ।

Dish_Home

श्रेष्ठको पार्थिव शरीरलाई दिउँसो १ बजेदेखि ३ बजेसम्म पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि राखिने र ३ बजेपछि अन्त्यष्टि गरिने तबला बाधक बाबुराजा महर्जनले बताए ।

श्रेष्ठ शास्त्रीय संगीतमा समेत सक्रिय थिए । श्रेष्ठका श्रीमती र १ छोरा छन् ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय