scheduleआइतवार भाद्र २९ गते, २०७६

श्रीमानलाई विष खुवाएर मार्ने श्रीमतिसहित ३ जना कारागार चलान

काठमाडौं, १० भदौ । आफ्नै श्रीमानलाई विष खुवाएर हत्या गरेको अभियोगमा श्रीमतीसहित ३ जनालाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालत भोजपुरले षडानन्द नगरपालिका-९ किमालुङ भैसेकी कविता तामाङ, तामाङकी आमा षडाननन्द नगरपालिका वडा नम्बर ३ खार्ताम्छाकी ४५ वर्षीय पम्फा तामाङ र सुनसरीको धरान उपमाहानगरपालिका वडा नम्बर १५ का ३५ वर्षीय पूर्ण बहादुर राईलाई कारागार चलान गरेको हो ।

कारागार चलान गरेका तीनै जनामाथि कविताका श्रीमान मान बहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोग लागेको थियो । उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालत भोजपुरले जानकारी दिएको छ ।

कविता, पम्फा र पूर्णले गत जेठ २ गते ससुराली घरमा गएको बेला  मान बहादुरलाई झुक्याएर विष सेवन गर्न लगाई हत्या गरेको भनि मानबहादुरका आफन्तले दिइएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले कविता र पम्फालाई असार २० गते घरबाट र पुर्ण बहादुरलाई साउन १२ गते पक्राउ गरेको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage