scheduleआइतवार भाद्र २९ गते, २०७६

उपराष्ट्रपतिको घरमा बम विस्फोट


रोल्पा, १० भदौ । उपराष्ट्रपति नन्दकिशोर पुनको घरमा बम विस्फोट भएको छ । रोल्पाको परिवर्तन गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा आइतबार राति साँढे १२ बजे बम विस्फोट र आगजनी भएको प्रतिबन्धित नेकपानिकट अनलाइन इरातोखरबले जनाएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनको घर रहेको राङ्सीको वडा कार्यालयमा बम विस्फोट र आगजनी भएको तस्बिरसहितको खबर उक्त अनलाइनमा पोस्ट गरिएको छ । बम विस्फोट र आगजनीबाट कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

घटनाको सूचना पाएपछि इरिबाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटना कसले र किन गराएको भन्नेबारेमा केही बताइएको छैन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage