scheduleआइतवार भाद्र २९ गते, २०७६

कोचिङ पढ्दापढ्दै बेहोस भएकी छात्राको मृत्यु

 

सांकेतिक तस्बिर

पाल्पा, ११ भदौ । पाल्पामा कोचिङ पढ्दापढ्दै बेहोस भएकी एक छात्राको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रम्भा माध्यमिक विद्यालयकी छात्रा कमला फाल रहेको छिन् । फालको स्कुलमा कोचिङ पढ्दा पढ्दै बेहोस भएर ज्यान गएको हो । त्यस्तै फालका अन्य आठ जना सहपाठी बेहोस् भएका छन् । बेहोस् भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कोचिङ पढ्दा पढ्दै  कक्षा कोठाभित्र बेहोस भएका विद्यार्थीहरुलाई उपचार गर्न सुरुमा ताहु स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्य चौकीले थप उपचारका लागि कमलालाई लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो । तर, लुम्बिनी मेडिकल कलेजका डाक्टरहरुले १६ वर्षीय कमलाको मृत्यु भइसकेको बताएका थिए ।

अहिले गम्भीर अवस्थामा रहेका एक जना छात्र र एकजना छात्राको मिसन अस्पतालमा उपचार भइरहेको छ । अन्य पाँच जनाको ताहुमै उपचार भइरहेको छ ।

विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई लक्षित गरी बिहान ८ बजेदेखि १० बजेसम्म कोचिङ कक्षा चलाउँदै आएको छ । उनीहरु कोचिङ पढ्दा पढ्दै बेहोस भएका थिए ।

मास हिस्टेरिया जस्तो लक्षण देखिने यस्तो समस्या पहिले विद्यालयमा नभएको जानकारी आएको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage