scheduleसोमवार माघ ६ गते, २०७६

विप्लवका पूर्व जनसरकार प्रमुख नेकपामा प्रवेश गरे

ताप्लेजुङ, ११ भदौ । प्रतिबन्धित नेत्रविकक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटी सदस्य तथा पूर्वजनसरकार प्रमुख विजयसिंह लिम्बू सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

फक्ताङलुङ गाउँपालिका–५, का लिम्बूले बुधबार प्रेस विज्ञप्तिमार्फत आफू सत्तारुढ नेकपामा प्रवेश गरेको बताएका छन् । पार्टीले गठन गरेको जिल्लाको पूर्वजनसरकार प्रमुखसमेत रहेका लिम्बूले विप्लव नेतृत्वको पार्टी परित्याग गरेको विज्ञप्तिमा बताएका छन्।

फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिम्बूले विप्लव नेतृत्वको पार्टीका गतिविधि आफूलाई मन नपरेको र सो पार्टीमा रहँदा पनि सरकार पक्षको निगरानीमा बस्नु पर्ने हुँदा समस्यामा परेकाले परित्याग गर्नुपरेको बताए।

लिम्बूलाई साउन २१ गते प्रहरीले गिरफ्तार गरेको थियो । उनी हिरासतवाट निस्कनासाथ सत्तासिन दलमा प्रवेश गरेका हुन्। उनलाई जिल्ला अध्यक्ष विजय प्रकाश बनेम, प्रदेश सदस्य लक्ष्मी अङछङवो, कार्यालय टिमका सदस्यहरू सन्तोष खतिवडा, सुरज ओझालगायतले अविर, खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

फक्ताङलुङ गाउँपालिका ५ तापेथोक घरैबाट पक्राउ गरिएका उनलाई प्रहरीले मुद्दा नचलाई छोडेको थियो। फेम्वू पक्राउ भएपछि चन्द समूहले विज्ञप्ति निकालेर उनलाई बिनासर्त रिहा नगरे कडा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएको थियो।

यद्यपि विज्ञप्ति निकाल्ने सेक्रेटरी नरपति पौडेल, जिल्ला इञ्चार्ज सकल, ताप्लेजुङ र पाँचथरका इञ्चार्जसहित पाँचजनालाई प्रहरीले झापाको दमकबाट पक्राउ गरिसकेको छ। उनीहरूलाई झापाको चन्द्रगढीमा राखिएको प्रहरीले जनाएको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय