scheduleआइतवार भाद्र २९ गते, २०७६

फकाएर होटेलमा लगी सामूहिक बलात्कार, १ जना पक्राउ

काठमाडौं, १२ भदौ । प्रहरीले सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङको गजुरी-१ का २३ वर्षीय रविन श्रेष्ठ छन् । श्रेष्ठले दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई धादिङकै ३० वर्षीय मदन थापा मगरसँग मिलेर सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार कलंकीको पशुपति गेष्ट हाउसमा फकाएर लगेर उनीहरुले बलात्कार गरेको उजुरी परेको छ ।

सामूहिक बलात्कारमा संलग्न मगर भने हाल फरार छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

प्रहरीले उक्त घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage