scheduleशुक्रवार मंसिर ६ गते, २०७६

‘भिडियो कन्फेरेन्स बैठकको रोचक सम्वाद’

बिनाराम खड्का


उता : हाइ फ्रेन दोस्तो के छ खबरी ?

यता : हेल्लो हुइइ all r right but Rabi is going out

उता : Waaaaa गिरीराज त साह्रै खुशी देखेँ ! लालबाबु देख्दिन त !

यता : Ummmmm सबै खुशी नै छौँ । हजुरको दर्शन पाएर । लालबाबु पनि उता छेउतिर पान खाँदै ! बरु स्वास्थ्य कस्तो छ त्याँको ?

उता : ए ह्याँ ज्यानका स्वास्थ्यका त कुरै नगरम ! एक/एक हप्तामा यता आउनुपर्ने रे ! २५ बर्षसम्म टसमस नहुने । पैतलाका नङ्गदेखि टुप्पीका रौँसम्म ठीकठाक । respiratory system मा हल्को प्रोबलम । मेसिनले थोरै उमेर बढी देखाउंछ । natural problem don’t be curious nothing furious

यता : अनि उपचार के खो भइरहेको छ त ? पित्तथैली पनि ठीक छ ?

उता : पित्तथैली त ठीकै छ चित्तथैली अलि रित्तो र गडबड देखिन्छ ! उपचारको कुरै नगरम ! भएजति सबै अङ्गको ! फुलेका रौँ समेत प्रत्यारोपन !

यता : ल आजको बैठक ऐतिहासिक परिघटना भयो ! प्रविधिको अति उच्च (दुरु) प्रयोग !

उता : तुरुन्तै पत्रकार सम्मेलन गरेर ! बैठकका निर्णय “गोबाँ” मार्फत सार्वजनिक गरौँ !

यता : हुन्छ हुन्छ ! आजका निर्णय यस्तो लेखियो ! कान थाप्नोस् !

“यताबाट गिँजा फट्टाइयो । उताबाट दाँत देखाइयो । यताबाट मुसुक्क हाँसियो । उताबाट फिस्स हाँसियो । त्यति टाढाबाट पनि सामुन्ने देखिने । कस्तो कस्तो लाग्यो । म्वाइ खाउँ झैँ भयो । अचम्म हुने रैछ । सबैजना खुशी । सबैजना दङ्ग । प्रतिपक्ष तरङ्ग ! तेरीखानका प्रविधि । यता कार्यवाहक प्रधानमन्त्री । उताबाट सहोदर प्रधानमन्त्री । सबैले सबैका गिँजा र दाँत हेरेर उच्च स्तरीय प्रविधिको प्रयोगसहित मन्त्रिमन्डल बैठक ऐतिहासिक रुपमा सम्पन्न । प्रबिधिले मार्‍यो रेलभन्दा छिटो युगान्तकारी फड्को । सौभाग्यशाली नेपालीलाई मुरी मुरी बधाई । यस्तो अनौठो प्रविधिको विकास गर्नेहरुलाई धेरैधेरै धन्यवाद ।”

(व्यङ्ग्य) २०७६।५।१०

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage