scheduleआइतवार भाद्र २९ गते, २०७६

करिब ३०० गाई भीरबाट खसालियो

नेपालगञ्ज, १३ भदौ । नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै ३ सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ।

नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको हो । वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर ४, ७ र १४ को बीचमा पर्ने जंगलभित्रको सडक छेउबाट गाई टिप्परबाट फालिएको छ।

बिहीबार राति गाडीमा ल्याइएका गाई भीरबाट फालिएको स्थानीयले बताएका छन्। भीरबाट खसाल्दा बाछीसहित २२ गाई मरेका छन्  भने अन्य गाई घाइते  भएका छन्। गाई कसको जिम्मामा दैलेख पठाइएको हो भन्ने खुलेको छैन्।

प्रहरीका अनुसार गए राति ८ ट्रकमा गाई राखिएको थियो। तीमध्ये ४ ट्रक राति १२ बजेतिर नेपालगञ्ज फर्किन लागेका थिए। हाल ती गाई फिर्ता गरेर जिल्ला प्रहरी कार्यालयमा सुर्खेतमा राखिएको छ।

यसबारे मुचुल्का उठाउने र थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage