scheduleबुधवार मंसिर ४ गते, २०७६

अन्तिम समयमा अमेरिकासँग रद्द गर्दै कोरियासँग एम-१६ किन्दै नेपाल

काठमाडौं, १४ भदौ । अमेरिकाबाट पाँच हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा आएर रद्द भएको छ। बदलामा उही क्षमताको कोरियाली हतियार खरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृत दिएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार भुक्तानी प्रक्रियामा दुई देशबीच फरक फरक कानुनी व्यवस्था भएका कारण अड्चन आएकाले अमेरिकासँग हतियार किन्ने सम्झौता खारेज गर्नुपरेको हो ।

पाण्डेका अनुसार अमेरिकाको बदलामा कोरियाली हतियार किन्ने सम्झौता भइसकेको छ। अमेरिका झैं कोरियासँग हतियार किन्ने समझौता पनि जिटुजी (सरकारले सिधै अर्को सरकारसँग खरिद गर्ने काम) प्रक्रियाबाट भएको पाण्डले बताए।

दक्षिण कोरियासँग नेपाली सेनाले अन्य युद्ध सामग्री किन्ने गरेको भए पनि राइफल किन्न लागिएको यो पहिलो पटक हो । कान्तिपुर दैनिकमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage