scheduleमगलवार भाद्र ३१ गते, २०७६

ट्वीटर मालिककै ट्वीटर एकाउण्ट ह्याक भएपछि …


वासिङ्टन, १४ भदौ । ट्वीटरका मालिक ज्याक डोर्सेको ट्वीटर एकाउन्ट ह्याक भएको छ । उनको एकाउण्टबाट जातीय द्वेष फैलाउने किसिमका ट्वीट भएपछि यसको पुष्टि भएको हो ।

शुक्रबार दिउँसो उनको ट्वीटरबाट सामाजिक हिंसा भड्काउनसक्ने स्टाटस उनका फलोअर्समाझ सम्प्रेषण भएका थिए । तीमध्ये एउटा ट्वीटले नाजी शासक एडोल्फ हिटलर निर्दोष भएको उल्लेख गरिएको थियो ।

ट्वीटरका मालिकको ट्वीटर एकाउण्टबाटै हिटलरको प्रशंसा मात्र नभएर अफ्रिकन–अमेरिकन र ज्युजहरुविरुद्ध पनि रंगभेदी ट्वीट भएपछि उनका फलोअर्स आश्चर्यचकित भएकाथिए ।

त्यस्तै फलोअर्सलाई नै अचम्भित बनाउने गरी ट्वीटर मुख्यालयमै बम राखिएको समेत ट्वीट भएको थियो ।

सान फ्रान्सिस्कोस्थित ट्वीटरको ‘कम्युनिकेशन टीम’ले उक्त एकाउन्ट कसरी ह्याक भएको र कसरी ह्याक भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ । अहिले उक्त एकाउण्ट ह्याकरको कब्जाबाट फिर्ता भइसकेको जनाइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage