scheduleआइतवार भाद्र २९ गते, २०७६

५ स्थानीय कार्यकर्ताले नेकपा त्यागे


धादिङ, १४ भदौ । आफूहरुलाई झुक्याएर नेत्र विक्रम चन्द नेतृत्वको समूहको गल्छी गाउँ कमिटीमा राखेको भन्दै पाँच जनाले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् ।

गाउँमा आएका चन्द समर्थकको कार्यक्रम हेर्न गएका बेला नाम लेखेर राखेको र आफूहरुलाई कुनै जानाकारीसमेत नभएकाले हाल आत्मसमर्पण गरेको उनिहरुले बताएका छन् ।

आत्मसमर्पण गर्नेमा गल्छी गाउँपालिका–३ मुलाबारीका ५३ वर्षीय ध्रुवप्रसाद खनाल, ४२ वर्षीय श्यामबहादुर बयलकोटी, छाँगेटारका ३३ वर्षीय विष्णुप्रसाद खतिवडा, २६ वर्षीय केशवराज खतिवडा र ३८ वर्षीय दीपेन्द्रकुमार श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

सो समूह छाडेर आफूहरु स्वतन्त्र हुने र गाउँको विकासमा लाग्ने बताएपछि जिल्ला प्रहरी कार्यालयले प्रत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको थियो । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage