scheduleआइतवार भाद्र २९ गते, २०७६

सरकारी कर्मचारी र शिक्षकका सन्तान बोर्डिङमा


तेह्रथुम, १५ भदौ । राज्यको ठूलो लगानी शिक्षामा भए पनि प्रतिफल सोचे जस्तो नआउँदा सरकारी विद्यालयप्रति अभिभावक सकारात्मक छैनन् । जनप्रतिनिधि, सरकारी कर्मचारीकै बालबालिका सामुदायिक विद्यालयमा नपढने भएपछि सुधारका प्रयास पनि खासै भएका छैनन् ।

जनप्रनिधि र सरकारी शिक्षकका छोराछोरी कोही पनि सामुदायिक विद्यालयमा पढ्दैनन् । सामुदायिक विद्यालयप्रति सरकारी सेवासुविधा लिने व्यक्ति नै उदासिन बनेपछि सामुदायिक विद्यालयको गुणस्तर सुधार्नका लागि समुदायका अरु नागरिक चिन्तित छन् ।

म्याङलुङ नगरपालिका–९ शाब्लाका अर्जुन काफ्ले शिक्षकहरुले ध्यान दिएन नपढाउँदा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार हुन नसकेको बताउँछन् । उनले भने, ‘मोबाइलमा इन्टरनेट दिएको छ, कक्षामा विद्यार्थी छन्, त्यसको परिणाम के हुन्छ ? त्यो हामीले हेरेका छौं ? निजी विद्यालयको शिक्षकले विद्यालयमा कहाँ पाउँछ मोबाइल चलाउन, कहाँ पाउँछ इन्टरनेट, उसले पानी खान पनि पाउँदैन ।

उसले मेहनत गरेर पढाउँछ । यही असमानताले सामुदायिक र निजि विद्यालयबीचको शिक्षाको खाडल अन्त्य हुन सकिरहेको छैन ।’ सामुदायिक विद्यालयमा समयमै शिक्षक नपुग्ने, विद्यालय समय अवधिभर नबस्ने, कक्षाकोठा भित्रै मोबाइल, ईन्टरनेट चलाउने लगायतका कारण विद्यार्थीले पढ्ने वातावरण पाएका छैनन् । तर शिक्षाको गुणस्तर बढाउनका लागि म्याङलुङ नगरपालिकाले योजना बनाइ कार्यान्वयनमा ल्याएको बताउँछन्, नगर प्रमुख सञ्जयकुमार तुम्बाहाङफे ।

६ वटा स्थानीय तह रहेको तेह्रथुममा हरेक आर्थिक बर्षमा करिब १ अर्व शिक्षाका लागि बजेट बिनियोजन हुँदै आएको छ । सम्बन्धित निकायको अनुगमन, शिक्षक अभिभावकलाई जिम्मेवार बनाउँदै गुणस्तर उठाउने काम भइरहेको दावी गर्छन्, शिक्षा विकास समन्वय ईकाई तेह्रथुमका प्रमुख लिलानाथ पोख्रेल । २ सय २६ वटा विद्यालय सञ्चालनमा रहेको तेह्रथुममा १३ सय २३ जना शिक्षकको दरबन्दी छ ।

तर गुणस्तर सुधारका लागि प्रभावकारी योजना नबनाइएको भन्दै विद्यार्थीहरुको कुल संख्याको २० प्रतिशत मात्र सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेको पाइएको छ । यस्तो अवस्थामा सन् २०३० सम्ममा सबै छात्रछात्रालाई गुणात्मक प्राथमिक र माध्यमिक शिक्षा सुनिश्चित गर्ने दिगो विकासका लक्ष्य प्राप्त गर्न चुनौती हुने देखिन्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage