scheduleबिहिवार मंसिर ५ गते, २०७६

कर्णालीमा जनता आवास कार्यक्रम सुरु नहुँदै अलपत्र


सुर्खेत, १५ भदौ । कर्णाली प्रदेश सरकारले कर्मचारीको अभावमा जनता आवास कार्यक्रम सुरु गर्न नसकिएको जनाएको छ । कार्यक्रम सञ्चालनका लागि आवश्यक कानुन र कर्मचारी समयमै उपलब्ध नहुँदा जनता आवास कार्यक्रम सुरु हुन नसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका सचिव दानरत्न शाक्यका अनुसार कार्यक्रम हस्तान्त्रण भएर आएपनि कर्मचारी र कानुन अभाव भएको छ । मन्त्रालयका सचिव शाक्यले संघीय सरकारले कार्यविधि पारित गरेर चैत महिनामा पठाएपनि प्रक्रिया पूरा गर्दागर्दै अघिल्लो वर्ष काम सुरु हुन नसकेको र यो वर्ष पनि समस्या हुने जानकारी दिए ।

केन्द्रले आवश्यक कर्मचारी पठाए मात्रै कार्यक्रम सुरु गर्न सकिने प्रदेश सरकारको भनाइ छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage