scheduleआइतवार भाद्र २९ गते, २०७६

पहिरोले घर पुर्दा आमा र २ छोरीको ज्यान गयो

जाजरकोट,१५ भदौ । भेरी नगरपालिका– २ तिमिलेमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो ।

आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा दलबहादुरकी ३२ वर्षीया श्रीमति पार्वती वली, छोरीहरु ९ वर्षीया मोतीकला वली र ३ वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएका थिए ।

अहिले जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि घटनास्थलमा पुगिसकेको र उद्धारकार्य जारी छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage