scheduleमगलवार मंसिर ३ गते, २०७६

एनआरएन चुनावी सरगर्मीः कोरियामा गुरुङको चर्चा चुलियो


एसपी यादव/दक्षिण कोरिया, १५ भदौ । नेपाली काङ्ग्रेसका भातृ संगठन जनसम्पर्क समिती दक्षिण कोरियाले यहीँ सेप्टेम्बर २१ र २२ तारीखमा हुन गइरहेको एनआरएनए कोरियाको सातौं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारका रुपमा विपिन गुरुङलाई समर्थन गर्ने जनाएको छ ।

आसन्न एनआरएनए अधिबेशनका लागि जनसम्पर्क समितिले मातहतबाट अध्यक्षको सर्वसम्मत उम्मेदवार लगायत प्यानलका उम्मेदवारहरु समेत कसरी तय गर्दा विजयी बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल भएको जनसम्पर्क समितिका एक पदाधिकारीले जानकारी दिए ।

यसै विषयमा केन्द्रित रहेर जनसम्पर्क समितिको आह्वानमा जनसम्पर्क समिति कोरियाका सभापति, महामन्त्री, पुर्व सभापतिहरु, महासमिति सदस्य, एनआरएनए अध्यक्ष र एनआरएनए संस्थापक लगायत अग्रज बुद्धिजिबि तथा सल्लाहकारहरुको पटक-पटकको छलफल पश्चात् सेप्टेम्बर २१ र २२ तारीखमा हुन गइरहेको एनआरएनए कोरियाको सातौं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारका रुपमा विपिन गुरुङलाई साथ र सहयोग गर्ने उनले बताए ।

विगतमा पनि जनसम्पर्क समितिको समर्थन पाएका उम्मेदवारहरुले सजिलै विजयी हासिल गर्ने गरेकाले एनआरएनए कोरियाका वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका गुरुङलाई अध्यक्षको चुनाव जित्न सहज हुने बताइएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage