scheduleबिहिवार कार्तिक २८ गते, २०७६

महिला र पुरुषको मष्तिष्कले फरक तरिकाले काम गर्दछ !

न्यूयोर्क । सिक्न र सम्झनको लागि मष्तिष्क जिम्मेवार हुन्छ । यही मष्तिष्कको बारेमा गरिएको एउटा विशेष अध्ययनपछि निकालिएको निष्कर्षका अनुसार पुरुष र महिलाको मष्तिष्कले आणविक तहमा फरक फरक तरिकाले काम गर्ने कुरा पत्ता लागेको छ ।

अध्ययनबाट पुरुष र महिलाको मष्तिष्कले कुनै विशेष औषधीप्रति फरक फरक तरिकाबाट प्रतिक्रिया गर्ने खुलासा भएको छ ।

अमेरिकाको इलिनोइसस्थित नर्थवेस्टर्न युनिभर्सिटीका प्रोफेसर तथा अनुसन्धानका वरिष्ठ लेखक कैथरिन वूलेका अनुसार मष्तिष्कमा लैंगिक विभेदका अध्ययनको उद्देश्य पुरुष तथा महिला दुवैको लागि प्रासंगितक औषधीको विकास गर्नु हो ।

अध्ययनको क्रममा वैज्ञानिकहरुले न्यूरोट्रान्समिटर रिलीजको महत्वपूर्ण एक अणुलाई नियन्त्रित गर्ने युआरबी ५९७ नामको औषधीले महिलालाई काम गर्ने तर यसले पुरुषलाई कुनै काम नगर्ने तथ्य पत्ता लगाएका छन् । वूका अनुसार महिला र पुरुषबीच के फरक छ भन्ने कुरा पत्ता लगाउन दुवै लिंगहरुको अध्ययन गर्नु जरुरी भएको हो ।

उनले भनेका छन्, शोधको परिणाम स्त्रीलिंगी जनावर, तन्तु र कोसिकाका लागि अलग हुन्छ भने त्यसलाई जान्नु जरुरी छ । यो महत्वपूर्ण हुन्छ, किनकी हामी दुवै लिंगहरुका बिरामीको उपयुक्त समाधान वा उपचार खोज्न सकिन्छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage