scheduleशनिवार आश्विन ४ गते, २०७६

हामी गोजीमै बोकेर हिँड्दैछौं रोगको जीवाणु !

तपाईं आफ्नो पर्समा जुन पैसा बोकेर हिँड्नुहुन्छ, त्यो विभिन्न रोग फैलाउने सुझ्म जिवाणुको बाहक पनि बन्नसक्छ । यसका कारण छाला तथा पेटको बिमारी साथै क्षयरोग पनि हुनसक्छ । यो अनुसन्धानबाट पत्ता लागेको तथ्य हो ।

भारतीय वैज्ञानिक एवम् अनुसन्धान केन्द्र (सीएसआईआर) तथा जिनोमिक्स एण्ड इन्टीग्रेटिभ बायोलोजी (आज्ईजीआईबी) संस्थानद्वारा गरिएको अनुसन्धानअनुसार एक नोटमा सामान्यतया ७० प्रतिशत ढुसी, 9 प्रतिशत ब्याक्टेरिया र एक प्रतिशत भन्दा कम विषाणु हुन्छ ।

आईजीआईबीका वैज्ञानिक एवम् शोधपत्र लेखक मध्येका एक एस रामचन्द्रनले भने, ‘हामीले स्टेफाइलोकोकस ओरियस र इरन्टकोकस फ्याकेलिस समेत ६८ रोगजनक सुक्ष्म जीवको पहिचान गर्यौं । हाम्रो अनुसन्धानबाट यो पनि थाहा भयो कि कागजको नोटमा विभिन्न प्रकाररका रोगजनक सुक्ष्म जीवहरु हुन्छन् । ति मध्ये कैयन एन्टीबायोटिक प्रतिरोधीसमेत हुने गर्छ ।’

रिपोर्टअनुसार कागजको नोटमा बस्ने यस्ता सूक्ष्म जीवाणुका कारण चर्म रोग, पेटको संक्रमण, स्वासप्रस्वास सम्बन्धी समस्या तथा क्षयरोग पनि हुनसक्छ ।

दिल्लीको कवाडीवाला, किराना दुकान, चिया पसल, हार्डवेयर, तथा औषधि पसलहरुबाट नोटहरुको नमुना लिइएको थियो । ताकि धेरैभन्दा धेरै मानिसबीच पुगेका नोटहरु भेट्न सकियोस् । जसमा १०, २० र १०० भारुका नोटहरु थिए ।

यस्तै समस्यका कारण कैयन विकसित देशरहरुले कागजको नोटलाई पोलिमर नोटले प्रतिस्धापन गरिसकेका छन् । नेपालमा भने केही वर्षअघि १० रुपैयाँको पोलिमर नोट प्रचलनमा ल्याइएपनि त्यत्ति प्रभावकारी हुन नसकेपछि पुन: कागजको नोटले प्रतिस्थापन गरिएको थियो ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage