scheduleआइतवार आश्विन ५ गते, २०७६

काठमाडौंबाट सम्पर्कविहीन भइन् स्याङ्जाकी किशोरी


वालिङ, १६ भदौ । इन्जिनियरिङ शिक्षाको अध्ययनको तयारीमा रहेकी एक किशोरी १० दिनदेखि काठमाडौंबाट सम्पर्कविहीन भएकी छिन् । स्याङ्जाको चापाकोट–९ घर भई काठमाडौँ बसुन्धारामा बस्दै आएकी १८ वर्षीया रेजिना डोटेल भदौ ७ गतेदेखि बेखबर भएकी हुन् ।

रेजिनाकी आमा आमा सरस्वती डोटेलकी अनुसार भदौ ७ गते पुल्चोक इञ्जिनीयरिङ कलेजमा प्रवेश परीक्षाको तयारी कक्षा लिन बसुन्धारास्थित कोठाबाट निस्किएपछि अहिलेसम्म उनको केही अत्तोपत्तो लागेको छैन । ‘यतिका दिन भयो जताततै खोजिरहेका छौँ र पनि यताउता कतै अत्तोपत्तो छैन, छिटोभन्दा छिटो छोरीको अत्तोपत्तो लाउन पाए हुन्थ्यो,’ उनले भनिन् ।

रेजिनाको पोखरा बागमारास्थित सेतीनदी किनार मझौरेघाटमा उनको कागजातसहितको झोला आइतबार फेला परेको बेपत्ता किशोरीका मामा दिवस भण्डारीले जानकारी दिए । अहिले पनि खोजी कार्य जारी रहेको उनले बताए ।

मानसिक अवस्था तन्दुरुस्त रहेकी भाञ्जीले मोबाइल तथा सामाजिक सञ्जालको प्रयोगसमेत नगर्ने गरेको मामा भण्डारीले बताए । रेजिना काठमाडौँस्थित गोल्टेनगेट कलेजमा कक्षा १२ मा विज्ञान विषय अध्ययनरत छात्रा हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage