scheduleआइतवार भाद्र २९ गते, २०७६

पश्चिम नवलपरासीबाट पक्राउ परे विप्लवका सुनवल नगर इन्चार्ज


नवलपरासी, १६ भदौ । विप्वल नेतृत्वका नेकपा नवलपरासीको सुनवल नगर इन्चार्ज ४४ बर्षीय आत्मराम आचार्य पक्राउ परेका छन् । आत्मराम शर्माको नामले चिनिने आचार्यलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको हो ।

शनिबार सुनवल ११ जगार्हा स्थित उनकै घर नजिकबाट भुमही प्रहरीले उनलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक सुचना अधिकारी विरेन्द्र थापाका अनुसार पक्राउ परेका उनलाई अदालत पेश गरिएकोमा अदालतले तोके बमोजिमको धरौटी नबुझाएको कारण कारागार चलान गरिएको हो ।

प्रहरीले उनलाई गत फागुन २९ गते सरावल गाउँपालिका १ तुलसीपुरमा भएको ट्रक आगलागीको घटनामा दोषी ठहर गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage