scheduleआइतवार भाद्र २९ गते, २०७६

गोरु काटेको आरोपमा पक्राउ परे बाबु-छोरा


उदयपुर, १६ भदौ । उदयपुरमा गोरु काटेको आरोपमा ४ जना स्थानीय पक्राउ परेका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका–३ हातिसारमा मासु खाने र बिक्री प्रयोजनका लागि गोरु काट्दै गरेको अवस्थामा शनिबार साँझ उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ५० वर्षीय रामप्रसाद राई, उनका २५ वर्षीय छोरा प्रवीण राई, २१ वर्षीय मनिष राई र ५६ वर्षीय रामकुमार राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बुद्धि चौलागाईंका अनुसार चारैजनालाई अदालतबाट म्याद लिई आवश्यक कारबाही अगाडी बढाइने जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage