scheduleआइतवार भाद्र २९ गते, २०७६

बदाम खानुहोस्, क्यान्सरको खतराबाट बच्नुहोस्


एजेन्सी । ३० हजारभन्दा बढी बिरामीमाथि गरिएको एक लामो अध्ययनले बदामको सेवनबाट क्यान्सरको खतरा कम हुने पुष्टि भएको छ ।
जर्नल न्युट्रिसन रिभ्यूमा प्रकाशित यो अध्ययनले भन्छ, ‘बदामको सेवनले केही विशेष प्रकारको क्यान्सरको खतराबाट बाँच्न सकिन्छ ।’

तर, बदामको सेवन टाइप–२ मधुमेहको बिरामीका लागि भने प्रभावकारी नहुने अध्ययनले देखाएको छ ।

बदामको सेवन क्यान्सर मात्र नभएर मुटु रोगका लागि पनि उपयोगी हुने बताइएको छ । यसभन्दा अगाडिका धेरै अध्ययनहरुले यसको पुष्टि भइसकेको छ ।

यसरी हेर्दा क्यान्सर र मुटु रोग दुवैको जोखिमबाट बच्न बदामको सेवन उपयोगी हुने देखिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage