scheduleबिहिवार कार्तिक २८ गते, २०७६

यी दश चीजलाई भूलेर पनि फ्रिजमा राख्ने गल्ति नगर्नुस्

फलफूल तथा तरकारीलाई लामो समयसम्म ताजा राख्नका लागि फ्रिजमा राख्ने प्रचलन छ । तर, कतिपय चिज यस्ता हुन्छन्, जसलाई फ्रिजमा राख्नु झनै प्रत्यूत्पादक हुन्छ । हामीले यहाँ १० वटा यस्ता फलफूल र तरकारीबारे जानकारी दिँदैछौं, जसलाई फ्रिजमा राख्नुहुँदैन ।

टमाटर

धेरै मानिसहरु टमाटरलाई फ्रिजमा राख्ने गल्ति गर्दछन् । टमाटर गर्मी र तातोमा फस्टाउने फल हो । वैज्ञानिक दृष्टिले भन्ने हो भने टमाटर तरकारीभन्दा बढि फलफूल हो । यसका लागि गर्मी र काफी मात्रामा पानी चाहिन्छ । ठण्डा मौसममा टमाटर फस्टाउन सक्दैन । त्यसैले टमाटरलाई फ्रिजमा राख्दा छिट्टै गलेर नष्ट हुन्छ ।

केरा

केरा पनि फ्रिजमा राख्दा छिट्टै कालो हुने र गल्ने खतरा रहन्छ । यसको फेदको डण्डीबाट इथाईलीन ग्यास निस्किन्छ, जसले आसपासको फललाई छिट्टै पकाइदिन्छ । फ्रिजमा राख्नु केराका लागि पनि फाइदाजनक हुँदैन ।

 

स्याउ


स्याउलाई पनि फ्रिजमा राख्नुहुँदैन । यदि फ्रिजमा राख्नै परे तरकारी र फलफूलका लागि बनाइएको छुट्टै सेपमा राख्नुपर्छ । स्याउमात्रै नभएर आरु, आरुबखडा, चेरीलाई पनि फ्रिजमा राख्नुहुँदैन । | साझापोष्ट | कम तापक्रमबाट यी फलफूलमा रहेको इन्जाइम सक्रिय हुन्छन् । जसका कारण यो छिट्टै खराब हुने सम्भावना हुन्छ ।

कागती

सिट्रिक एसिडवाला कागती, निबुवा जस्ता फललाई पनि अत्याधिक चिसो पच्दैन । यसले कागतीलाई छिट्टै बिगार्न भूमिका खेल्छ । साथै स्वादमा पनि असर पर्छ । फ्रिजमा राख्दा यी फलको रस पनि सुकेर जान्छ ।

काँक्रो

गर्मी मौसममा काँक्रो विशेष फल हो । तर यसलाई पनि फ्रिजमा राख्ने गल्ति नगर्नुस् । साथै यसलाई इथाइल ग्यास छाड्ने टमाटर, केराजस्ता फलको अघि पनि नराख्नुस् ।

तरबुजा


काटेपछि तरबुजा र खरबुजालाई चिसो बनाउन भनेपछि फ्रिजमा राख्ने गरिन्छ । तर यसलाई लामो समय फ्रिजमा राख्ने गल्ति नगर्नुस् । यसो गर्दा तरबुजा र खरबुजा छिट्टै नष्ट हुने खतरा हुन्छ । | साझापोष्ट | त्यसैले खरबुजा र तरबुजालाई खानुभन्दा केहीबेर अघि मात्रै काटेर फ्रिजमा राख्नुस् ।

आलु

फ्रिजमा राख्नाले आलुको स्टार्च चीनीमा बदलिन्छ, साथै यसको स्वादमा पनि असर पर्छ । आलुलाई गर्मी तथा अत्याधिक चिसो फाइदाजनक हुँदैन । त्यसैले यसलाई राख्नका लागि कुनै न्यानो ठाउँको व्यवस्था गर्नुस् । यसलाई प्लास्टिकको झोलामा पनि नराख्नुस् । आलुका लागि बढिमा ४५ डिग्री तापक्रम उपर्युक्त हुन्छ ।

प्याज

केही मानिस प्याजलाई फ्रिजमा नराख्नुमा केवल यसको गन्धलाई जिम्मेवार मान्छन् । तर यो पूर्णसत्य होइन । आलुजस्तै प्याज पनि अत्याधिक चिसोले खराब हुन्छ । | साझापोष्ट | यसलाई आलुजस्तै कुनै न्यानो ठाउँमा राख्नुस् । तर आलु र प्याज एकै ठाउँमा राख्नुहुँदैन । आलुबाट निस्कने ग्यासले प्याजलाई खराब गरिदिन्छ ।

लसुन

प्याजजस्तै लसुन पनि फ्रिजमा नराख्नुस् । चिसोमा राख्दा लसुन छिट्टै टुसाउन थाल्छ । लसुन र प्याजलाई एकसाथ राख्न सकिन्छ । तर ख्याल गर्नुस्, ज्यादा प्रकाश र अत्याधिक तातो पनि यसका लागि फाइदाजनक हुँदैन ।

ब्रेड

ब्रेड खासगरी तयार भएको दुई वा तीन दिनभित्रैमा खाइसक्नु पर्ने परिकार हो । तर तपाईं पिज्जा ब्रेड, बर्गर ब्रेड इत्यादीलाई फ्रिजमा सम्हालेर राख्न चाहनुहुन्छ भने त्यसो नगर्नुस् । यसका लागि फ्रिज होइन फ्रिजर उपयोगी हुन्छ । | साझापोष्ट | फ्रिजमा राख्दा ब्रेड छिट्टै सुक्ने खतरा हुन्छ । प्लास्टिकमा बेरेर फ्रिजरमा राख्नु यसका लागि उपयोगी हुन्छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage