scheduleशनिवार आश्विन ४ गते, २०७६

आँखाले बताउँछ तपाईको व्यक्तित्व

आँखाको रंगले मानिसको व्यक्तित्व कस्तो छ भनेर पत्ता लगाउन सकिन्छ । साँच्चै भन्ने हो भने आँखा हाम्रो दर्पण हो । मानिसलाई चिन्न ऊसँग बोलचाल गर्नैपर्ने हुन्छ । तर मानिसको आँखाको रंगले पनि धेरै कुरा बताउने विशेषज्ञले दावी गरेका छन् । त्यसैले आउनुहोस्, तपाई हामी पनि आँखाको रंग र व्यक्तित्वबारे केही जानकारी लिऔं ।

कालो आँखा
आफ्नो आँखाको रंग कालो भएका मानिसहरु रहस्यमय हुन्छन् र उनीहरुलाई कुनै पनि घटनाको पूर्वाभास वा के हुँदै छ भनेर पहिला नै धेरै थाहा हुने गर्दछ । यस्ता मानिसहरु विश्वास गर्न योग्य हुन्छन् । गोप्य कुरालाई गोप्य नै राख्न सक्षम हुन्छन् । कालो आँखा भएका मानिसहरु जिम्मेवार र बफादार हुन्छन् भने उनीहरु कर्मठ र आशावादी पनि उत्तिकै हुन्छन् ।

खैरो आँखा
खैरो आँखा भएका मानिसहरु आकर्षक हुन्छन् अनि आत्मविश्वासी र रचनात्मक हुन्छन् । यिनीहरुको स्वभाव दृढ निश्चयी हुन्छन् तर कहिलेकाहीं आफ्नो कुरा अरुका सामु राख्न अप्ठ्यारो मान्ने गर्दछन् ।

फुस्रो आँखा
आँखाको रंग मधुरो हुने मानिसले मोजमस्ती र रोमान्स एकदमै मन पराउँछन् । यस्ता मानिसहरु समय र परिस्थिति अनुसार आफूलाई बदल्न सक्दछन् । उनीहरु साहसी हुन्छन् र एकैखाले जीवन शैलीबाट चाँडै नै दिक्क हुने गर्दछन् । यस्तो आँखा भएकाहरुसँग मानिसहरु सजिलै आकर्षित हुन्छन् ।

कुहिरो आँखा
आँखाको रंग कुहिरो हुने मानिसहरु प्रभावशाली, सशक्त र विनम्र हुन्छन् । यी मानिसहरु त्यति आक्रामक हुँदैनन् र एउटै कुरामा ध्यान दिने स्वभावका हुन्छन् । प्रेम र रोमान्स भनेपछि निकै गम्भीर हुन्छन् । यस्ता मानिसमा भएको आन्तरिक क्षमता, विश्लेषणात्मक सोंच र तार्किक क्षमताले गर्दा जस्तो सुकै परिस्थितिमा पनि नेतृत्व गर्न सक्षम हुन्छन् ।

हरियो आँखा
हरियो आँखा भएका मानिसहरु बुद्धिमानी, उत्साही र जीवन्त स्वभावका हुन्छन् । यस्ता मानिसले हरेक काम जोश र जाँगरका साथ गर्ने गर्दछन् र सुन्दर पनि उत्तिकै हुन्छन् । यस बाहेक यस्ता मानिसहरु अति ईष्र्यालु पनि हुन्छन् ।

नीलो आँखा
नीलो आँखा भएका मानिसहरु साह्रै राम्रा, शान्त स्वभावका र दिमाग तेज भएका हुन्छन् । आफ्नो सम्बन्धमा यिनीहरु विश्वास गर्दछन् । अरु मानिसलाई खुशी राख्न सधैं प्रयास गरिहरेका हुन्छन । यी मानिसहरु दयालु र गम्भीर हुन्छन् । र यस्ता मानिसहरुले हरेक कुरा को ख्याल गर्ने र मनमा लागेको कुरा भनिहाल्ने हुन्छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage