scheduleआइतवार मंसिर १ गते, २०७६

यी १० देशहरु जहाँ सुन्दरी महिलाहरु बस्दछन्

महिलाको सुन्दरतालाई नाप्ने कुनै औजार त हुँदैन तर अधिकांश मानिसको धारणाका आधारमा भने यस्तो सुन्दरतालाई नाप्न सकिन्छ । यसरी हेर्दा सबै भन्दा सुन्दर महिला कुन देशका हुन्छन् त ? यहाँ सबै भन्दा सुन्दर महिला बस्ने १० उत्कृष्ट देशहरुको नाम दिइएको छ–

 

१.ब्राजील

ब्राजील भन्ने वित्तिकै हाम्रो दिमागमा उत्कृष्ट फूटवल खेलाडीहरुको देश हो भन्ने कुरा आउँछ । तर यो देशका खेलाडी मात्रै उत्कृष्ट होइन, सुन्दरताको हिसावले महिला पनि १ नम्वरमा आउँछन् । यहाँका गोरो कपाल भएका देखि कालो कपाल भएका महिलाहरु निकै कामुक, चम्किला र सुन्दर हुन्छन् जसले गर्दा उनीहरु भने पछि पुरुष हुरुक्कै हुन्छन् ।

 

२.रुस

रुसका महिलाको सुन्दरताको बखान विश्वभरी गरिन्छ । यसको कारण उनीहरुका नीला आँखा, चिल्लो अनि गोरो छाला, मिलेको शरीर र आकर्षक उचाई नै हो । रुसका प्रायः महिलाहरुको शरीर लोभलाग्दो र चिटिक्क मिलेको हुन्छ ।

 

३. भेनेजुएला

भेनेजुएलालाई विश्व सुन्दरीको देश भनेर पनि चिनिन्छ । धेरैजसो विश्व सुन्दरीहरु यही देशका युवतीहरु भएका छन् । यहाँका महिलाहरुको मिलेको शरीर, सुन्दर अनुहार र अग्लो शरीरका कारण उनीहरु परी जस्ता देखिन्छन् ।

 

४. भारत

भारत यस्तो देश हो जहाँ सबै कुराहरु पाइन्छन् । यो सुन्दरताको खानी हो । संसारमा भएका सुन्दर महिलाको सूचीमा भारतीय युवतीहरु अग्रपंक्तिमा आउँछन् । भारतीय महिलाको गहँगोरो अनुहार र चम्किलो छालालाई धेरैजसो सौदर्यविज्ञले सुन्दरताको प्रतीक नै मान्ने गरेका छन् । यसबाहेक उनीहरुको हिडाइ र अन्य शैलीमा देखिने नारीपना र भद्र व्यवहार झनै मोहित पार्ने खालको हुन्छ ।

 

५.अर्जेन्टिना

अर्जेन्टिनाका महिला पनि सुन्दरताको हिवासले अगाडि नै छन् । यहाँका महिलाहरुले शारीरिक सुन्दरता,शरीरको छाला र कपाललाई बढी ध्यान दिने गर्दछन् । बजारमा के कस्तो फेशन आएको छ भनेर जानकारी लिइरहन्छन् । यी सबै कुराका साथै गोरो र चम्किलो छालाले गर्दा यहाँका महिलाहरु निकै आकर्षक र सेक्सी देखिन्छन् ।

 

६.सर्विया

प्रायः सर्वियाका महिलाहरु अग्ला र आकर्षक हुन्छन् । सुन्दर आँखा भएका यहाँका महिलाहरु निकै स्टाइलिस कपडामा सजिंदा अन्य देशका सुन्दरीको टाउको दुख्ने गर्दछ ।

 

७.दक्षिण कोरिया

दक्षिण कोरियाका महिलाहरु सरल र सधै तरुनी देखिने हुदाँ उनीहरुको व्यक्तित्व निकै लोभलाग्दो हुन्छ । यहाँका महिलाको सेतो र चम्किलो अनुहार तथा कालो कपालले गर्दा अद्धितीय देखिन्छन् । उनीहरुको उचाई भने मध्यम हुन्छ ।

 

८. फ्रान्स

फ्रान्सका महिलाहरु सुन्दर व्यक्तित्व, सोंच, हिडाई र फेशनप्रतिको मोहका लागि संसारभर प्रसिद्ध छन् । उनीहरु खैरो कपाल, रोमान्टिक बानी र सभ्य व्यवहारले गर्दा अझबढी आकर्षक लाग्दछन् ।

९. इटाली

भूमध्यसागरको प्राकृतिक सुन्दरता इटालीका महिलामा पनि झल्कन्छ । घामले गहुँगोरो भएको उनीहरुको छाला, खैरो कपाल , अनुहारको चमकता र व्यवहारले यहाँका महिलाहरु साच्चिकै आकर्षक लाग्दछन् ।

 

१०.युक्रेन

विश्वमा भएका सुन्दर महिलाको सूचिमा युक्रेनका महिला पनि पर्दछन् । यहाँका महिला सरल तर कामुक र आकर्षक हुन्छन् । झट्ट हेर्दा उनीहरु रुसमा महिला जस्ता देखिन्छन् । नारीत्वलाई युक्रेनका महिलाले निकै महत्व दिएका हुन्छन् र आफूलाई कस्तो कपडा सुहाउँछ भनेर छनौट गर्न निकै सिपालु हुन्छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage