scheduleआइतवार मंसिर १ गते, २०७६

प्रेम सम्बन्धमा हुनुहुन्छ ? यी पाँच कुरा अवश्य ख्याल राख्नुस्

तपाईं ‘लभ अफेयर’मा हुनुहुन्छ ? अथवा नजिकका आफन्तहरुले तपाईंले विवाह कहिले गर्ने त भनेर पनि सोध्न थालिसक्नुभयो कि ! यस्तो अवस्थामा पक्कै पनि तपाईं आफ्नो प्रेमी वा प्रेमिकासँग विवाहबारे कुरा गर्नुहुन्छ नै । यसबारे कुरा गर्दा उसको अनुहारमा एक्कासी परिवर्तन वा हडबडाहड देख्नुभयो ? सचेत हुनुस्, तपाईंको प्रेमी वा प्रेमिका तपाईंसँग साँचो प्रेम नहुनसक्छ ।


१. के तपाईंको प्रेमी विवाहको कुरा गर्दा छल्न खोज्छ ? यदि त्यस्तो हो भने यो तपाईंका लागि राम्रो संकेत होइन ।
२. के तपाईंले उसको परिवारका सदस्यहरुसँग भेटाउन अथवा आफ्नो परिवारसँग भेट भन्दा मान्दैन ? अथवा यति छिटो किन, के हतार छ र भनेर पो टार्छ कि ! यसको मतलव ऊ तपाईंसँग विवाहका लागि तयार छैन भन्ने नै हो ।
३. भविष्यको योजनाहरुबारे कुरा गर्दा खासै खुल्दैन ? अथवा त्यस विषयमा कुरै गर्न चाहँदैन ? त्यसो हो भने बेलैमा सम्हालिनुस् । यो सम्बन्ध लामो समय जानेवाला छैन ।
४. के तपाईंको प्रेमी विवाहप्रति एकदमै नकारात्मक छ ? विवाहलाई मात्रै एउटा झमेला मान्छ तर, तपाईंसँग विवाहइतर सम्बन्धमा खुसी छ भने सोच्नुस्, ऊ तपाईंप्रति सिरियस छैन ।
५. साथीहरुको विवाहबारे कुरा गर्दा उनीहरुलाई अबुझ भन्छ र सँधै फ्री हुनुको बेग्लै मज्जा भनेर रमाउँछ भने पनि तपाईंहरुको सम्बन्ध लामो नहुनसक्छ । त्यसैले बेलैमा विचार पुर्‍याएकै राम्रो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage