scheduleबुधवार आश्विन ६ गते, २०७८

टि-२० सिरिज नखेल्ने उपकप्तान मल्लको घोषणा


काठमाडौं, १७ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले आगमी अक्टोबरमा ओमानमा हुने पाँच राष्ट्र सम्मिलित टि-२० सिरिज नखेल्ने भएका छन् । उक्त खेलमा सहभागी नहुनुमा मल्लले व्यक्तिगत कारण देखाएका छन् ।

उक्त खेलका लागि नेपालले आइतबारदेखि बन्द प्रशिक्षण सुरु गरिसकेको छ । नेपालसहित टेष्ट राष्ट्रहरु आयरल्यान्ड, नेपाल, ओमान, हङकङ र नेदरल्यान्ड उक्त प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् । खेल आगामी अक्टोबर ५ देखि १० सम्म ओमानमा हुनेछ ।

यूएईमा हुने ग्लोबल छनोटको तयारी खेलको रुपमा लिइने प्रतिष्पर्धामा नेपालले ६ अक्टोबरमा हङकङसँग खेल्नेछ । त्यसैगरी ७ अक्टोबर नेदरल्यान्ड, ९ अक्टोबरमा आयरल्यान्ड र १० अक्टोबरमा ओमानसँग खेल्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय