scheduleबिहिवार कार्तिक २८ गते, २०७६

हरितालिका तीजकै दिन खुर्पाले हानेर श्रीमतिको हत्या


रुकुम पश्चिम, १७ भदौ । रुकुम पश्चिममा हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजकै दिन एक पुरुषले श्रीमतिको हत्या गरेका छन् ।

मुसीकोट नगरपालिका ३ माछिमिका २७ वर्षीय नविन खड्काले २५ वर्षीया श्रीमति कमला बुढाथोकी खड्काको सोमबार राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अत्याधिक मदिरा सेवन गरी तीजको दिन बेलुकी ८ बजेको समयमा नविनले श्रीमति कमलाको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काका अनुसार श्रीमतिको हत्या गरी फरार भएका नविनलाई मंगलबार बिहान सवा २ बजेको समयमा घर नजिकैको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको छ ।

प्रहरीले उनको साथबाट श्रीमतिलाई प्रहार गरेको खुर्पासमेत बरामद गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage