scheduleआइतवार भाद्र २९ गते, २०७६

जुधेको मोटरसाइकललाई ट्रकले ठक्कर दियो, दुईजनाको मृत्यू

सांकेतिक तस्बिर
दाङ, १७ भदौ । दाङको देउखुरीमा गएराति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही भालुबाङ सडकखण्डको पिपरीमा मोटरसाइकल एक आपसमा ठोक्किँए लगत्तै ट्रकले ठक्कर दिँदा दुई मृत्यु भएको हो ।

दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन । लु १९ प ५५०६ र रा ३ प २०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किए लगत्तै पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा परी रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा रहेका घोराही उपमहानगरपालिका–१५ बस्ने २६ वर्षीका बालकृष्ण भण्डारी र लमही नगरपालिका– ४ का २७ बर्षका विनायक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएपछि दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै उनीहरुलाई मृत घोषित गरिएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage