scheduleमगलवार मंसिर ३ गते, २०७६

कर्मचारी अभावमा वर्षौंसम्म फर्छ्यौट भएन सार्वजनिक अपराधका मुद्दा


हरि ऐडि/मुगु, १७ भदौ । जिल्ला प्रशासन कार्यलय मुगुमा २०७३ सालदेखि दर्ता भएका सार्वजनिक अपराधअन्तर्गतका मुद्दाहरु कर्मचारीको अभावले अहिलेसम्म फर्छ्यौट हुन सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यलय मुगुमा सार्वजनिक अपराध ऐनको कानुन बमोजिम ०७३ देखि २०७६ सम्म ७३ वटा मुद्दाहरु दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयको रेकर्ड अनुसार केही सार्वजनिक अपराधमा ५९, हातहतियार तथा खरखजनासम्बन्धी ५ वटा र सार्वजिनक शान्तिविरुद्ध कसुरमा ९ वटा मुद्दाहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मुगुबाट हालसम्म जम्मा १९ वटा मुद्दाहरु फर्छ्यौट भएका छन् । बाँकी मुद्दाहरु अहिलेसम्म फर्छ्यौट हुन नसकेको सहायक जिल्ला प्रशासन अधिकारी प्रदीप ढकालले जानकारी दिएका छन् । उनका अनुसार केही सार्वजनिक सजाय अपराघ ऐन २०२७ को दफा ६ को (क) बमोजिम केही सार्वजनिक अपराअ सम्बन्धि मुद्दा ३ महिना भित्र फैसला हुनुपर्ने कानुनमा व्यवस्था छ ।

सहायक प्रजिअ ढकालले कर्मचारी अभावका कारण समयमा नै पीडितहरुलाई न्याय दिन नसकिएको बताए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage