scheduleमगलवार भाद्र ३१ गते, २०७६

दुर्घटनामा परेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएपछि…

दाङ, १७ भदाै । दाङको देउखुरीमा सोमबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आपसमा ठोक्किएर दुर्घटनामा परेको दुई ओटा मोटरसाइकललाई तीब्रगतिमा आएको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा राप्ती गाउँपालिका ८ बिजौरीका २८ वर्षीय दिपक मरासिनी गम्भीर घाइते भएका छन् भने  घोराही उपमहानगरपालिका १५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही नगरपालिका ४ निवासी २७ वर्षीय विनायक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लु १९ प ५५०६ र रा ३ प २०६१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किए लगत्तै ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage