scheduleमगलवार भाद्र ३१ गते, २०७६

ग्यास सिलिन्डरमा भेटियो लागुऔषध, ट्रान्जिट पोईन्ट बन्दै सप्तरी


सप्तरी, १८ भदौ । सप्तरी प्रहरीले ग्यास सिलिन्डरको पिँधमा प्वाल बनाएर ल्याइएको लागु औषध बरामद गरिएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि सप्तरी प्रहरीले ग्यास सिलिन्डरको पिँधमा प्वाल बनाएर सय एमएलका १ सय ४० बोतल डाईलेक्स डि.सी सिरप बरामद गरिएको जनाएको छ ।

सोमबार करिब ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट सादा पोशाकमा खटिएको प्रहरी सहायक निरिक्षक राम कुमार यादवको कमाण्डको टोलीले राजविराज नगरपालिका वडा नंं.१६ स्थित रहेको बागेश्वरी मन्दिर अगाडी चेक जाँचको क्रममा स.१०प.१३ नम्बरको मोटरसाइकलमा ग्यास सिलिन्डर भित्र उक्त परिमाणमा लागुऔषध भेटिएपछि मोटर साईकल चालक सहित लागु औषध निन्त्रणमा लिइएको थियो ।

पक्राउन पर्नेमा जिल्लाकै राजगढ गाउँपालिका वडा नं.६ का ३८ वर्षकाय अशोक यादव रहेको प्रहरी निरिक्षक प्रकाश बस्नेतले जानकारी दिए । यो सँगै आर्थिक वर्ष २०७५/०७६को साउन देखि हालसम्म ७८ जना लागुऔषधका कारोबारी तथा सेवनकर्ता पक्राउ परी कारबाही भैरहेको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय सप्तरी लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage