scheduleमगलवार भाद्र ३१ गते, २०७६

किसानको प्रेरणा बन्दै किसान


कपिलवस्तु, १८ भदौ । अर्घाखाँचीबाट कपिलवस्तुमा झरेका नारायण बन्जाडे तरकारी खेतीका गरी सबैको प्रेरणा बनेका छन् ।

बजारको सम्भावना नदेखेर कपिलवस्तु झरेका बञ्जाडे अहिले भने प्रदेश ५ भरिका जिल्लामा तरकारी तथा फलफूल पूर्ति गर्ने किसान बनेका हुन् । ९ वर्षअघि कपिलवस्तुमा पुगेका बन्जाडेले जिल्लाका किसानलाई आवश्यक तालिम दिँदै आएका छन् ।

उत्पादन भएको तरकारी कपिलवस्तुसँगै प्रदेश ५ का अधिकांश जिल्लामा पुग्ने गरेको छ । अर्घाखाँचीमा रहँदा बजारको समस्या भएका कारण सोचे जस्तो आम्दानी नभएपछि उहाँ कपिलवस्तुमा पुगेका छन् ।

बञ्जाडेले अहिले मासिक ६० देखि ७० हजारसम्म र वार्षिक ६ देखि ७ लाखसम्मको आम्दानी गर्दै आएका छन् । बञ्जाडैकै प्ररणाका कारण आफूलाई खेति किसानी गर्ने प्रेरणा मिलेको स्थानीय टिकानिधि न्यौपानेको भनाई छ ।

नेपालमा उत्पादन भएका फलफूल तथा तरकारीको बजार अभावका कारण किसानहरूले उचित मूल्य पाउन सकेका छैनन् । बजार प्रवर्द्धनसँगै किसानका लागि राज्यबाट आउने अनुदान वास्तबिक किसानको हातमा पुगे राम्रो हुने किसानहरुले बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage