scheduleआइतवार भाद्र २९ गते, २०७६

जुम्लाको किसान भन्छन्- स्याउको बजार व्यवस्थापन गरिदेऊ


जुम्ला, १८ भदौ । जुम्लाका स्याउ व्यवसायी किसानले बजार व्यवस्थापन गरिदिन सरकारसँग माग गरेका छन् । स्याउ टिप्न सुरु गरेसँग किसानहरुले स्याउको बजार व्यवस्थापन गरिदिन माग गरेका हुन् ।

यातायातको राम्रो सुविधा र बजारको व्यवस्था राम्रो नहुँदा अहिले पनि जुम्लाका स्याउ व्यवसायी किसानहरुलाई समस्या हुने गरेको छ । उत्पादित स्याउले बजार पाएमा नेपालमा विदेशी स्याउको आयात घट्ने बताउँदै उनीहरुले बजारको वातावरण निमार्णमा सहयोग गरिदिन सरकारसँग माग गरेका छन् ।

जिल्ला समन्वय समितिले निर्णय अनुसार जुम्लाका किसानले भदौँ १० गतेबाट स्याउ टिप्न सुरु गरिसकेका छन् । जुम्लाका किसानले अहिले प्रतिकिलो ५० रुपैँयामा स्याउ बेचिरहेका छन् । जुम्लाको स्याउ राजधानी काठमाण्डौ देखि सुर्खेत, नेपालगञ्ज लगायत ठूला-ठूला शहरमा पुग्ने गर्छ ।

अहिले जुम्लाका स्याउ बगानमा स्याउ टिप्ने र बेच्ने चटारो छ । जुम्लामा परम्परागत रुपमा स्याउ खेती गर्दै आएका किसानले पनि अहिले व्यवसयिकरुपमा स्याउ खेति गर्न थालेको स्याउ सुपरजोन जुम्लाका निमित्त कार्यालय प्रमुख जोगेन्द्र कान्दुले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage