scheduleआइतवार मंसिर १ गते, २०७६

पानी थाप्न पनि गोला प्रथा


पर्वत, १८ भदौ । पर्वतको एक विकट गाउँमा खानेपानी थाप्नका लागि गोला प्रथाबाट पालो दिने गरिएको पाइएको छ ।

जिल्लाको बिहादी गाउँपालिका ६ हनुमान डाँडाका बासिन्दाले खानेपानीका लागि हरेक शनिवार गोला प्रथाबाट आफ्नो नाम परेपछि मात्र सहजै पानी थाप्न पाउने गरेका छन् । हरेक महिनाको अन्तिम शनिवार गोलाप्रथा गर्ने गरिएको छ ।

गोला पर्नेले महिनाभर पानी थाप्न पाउने नभए संचित पानी महिनाभर पिउनुपर्ने बाध्यता रहेको स्थानीय माधव भट्टराईले बताए । एक पटक गोला प्रथाको चिठ्ठा थुतेपछि एक महिनासम्म सोही चिठ्ठाका आधारमा पानी भर्न पाइन्छ । चिठ्ठा थुत्ने कार्यक्रम बिगत दुई वर्षदेखि चलिरहेको भट्टराईले जानकारी दिए ।

गाउँभरी पानी थाप्ने एउटा मात्रै धारो छ । बिगत ४० वर्षदेखि पर्याप्त पानी भर्ने आयोजना गाउँमा सञ्चालन नभएको कारण स्थानीयले पानीका लागि सास्ती भोग्दै आएको स्थानीय गुमादेवी भट्टराईले बताए । गोलापछि आफनो पालामा ढुक्कले पानी थाप्न पाएको उनको भनाई छ ।

हनुमानडाँडाका बासिन्दा करिब ४० परिवारको बस्तीमा यो समस्या हिउँद बर्खा एकै खालको छ । बिहादी गाउँपालिका स्थापना भएपछि पानीको समस्या समाधान हुने अपेक्षा गरका हनुमानडाँडावासीमा पुरानो समस्या सुल्झिएको छैन ।

स्थानीय अगुवाले पञ्चायतकै पालामा जिल्लासम्म निकै संघर्ष गरेर गाउँसम्म पाइप बोकेर खानेपानीको धारो ल्याएका थिए । त्यसपछि नयाँ आयोजना सञ्चालन भएको छैन । २०३५ सालमा खानेपानीको धारा जडान भएपछि छिमेकी वहाकीठाँटीका बासिन्दाले पाइप काटिदिएपछि पानी आउनै छाडेको स्थानीय बताउँछन् ।

पछि दैनिक दुइ घण्टा पानी दिने सहमति भएपनि अहिले हनुमानडाँडाका बासिन्दाले त्यही पानीमा चिट्ठा लगाएर भर्दै आएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage