scheduleआइतवार भाद्र २९ गते, २०७६

मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय आन्दोलनमा


सिन्धुपाल्चोक, १८ भदौ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदुर तथा सप्लायर्सले अनिश्चितकालका लागि मेलम्ची खानेपानी आयोजना बन्द गराएका छन् ।

मेलम्ची खानेपानी आयोजना पीडित संर्घष समितिले आज आयोजनाको साइट कार्यालय मेलम्चीमा शान्तिपुर्ण र्‍यालीसहित कोण सभा गर्दै आयोजनाबाट पाउनुपर्ने रकम भुक्तानी नभएसम्म कुनै पनि निर्माण कम्पनीलाई आयोजनामा काम गर्न नदिने जनाएको छ । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै पीडितले धर्ना दिएका हुन् ।

सरकारले केही समय अघिमात्र चाइनाको सिनो हाइड्रोलाई बाकीँ कामको लागि छनौट गरेको थियो । आयोजना पीडितको समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्चीस्थित आयोजनाको कार्यालय तथा खानेपानी मुहान क्षेत्र अम्बाथानमा आजदेखि पीडितले धर्ना सुरु गरेका हुन् ।

स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले गत साता जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सात दिने अल्टिमेटमसहित रकम भुक्तानीको लागि ज्ञापनपत्र बुझाएका थिए । पीडितको समस्या समाधान गर्छौं भन्ने प्रतिबद्धता सरकारले गरेपनि हालसम्म कार्यान्वयन नभएकाले आन्दोलन गर्नुपरेको समितिका संयोजक विष्णुमणी आचार्यले बताए ।

मजदुर तथा स्थानीय सप्लायर्सको माग पुरा नभएसम्म आयोजनाको कुनै पनि काम गर्न नदिने उनले बताए । आयोजनाबाट पीडित स्थानीको आन्दोलनमा ऐक्यबद्धता जनाउदै तीन नम्बर प्रदेश सभासदस्य इन्द्रमाया गुरुङले पीडितको गुनासो सरकारले तत्काल संम्बोधन गरेर समस्याको निकास खोज्नुपर्ने बताए । काठमाडौका नागरीकको बर्षौदेखिको मेलम्ची खानेपानीको सपना पुरा गर्न सिन्धुबासी मजदुर तथा सप्लायर्सलाई सरकारले बिचल्ली पार्न नहुनेमा जोड दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage